२०८१ असार २७ गते १५:५२ विकासन्युज
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबर पनि उकालो लागेको छ । बिहीबार नेप्से परिसूचक २९.२१ अंकले उकालो लागेर २ हजार २ सय ४.६१ मा पुगेको छ ।
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.९० अंकले उकालो लागेर तीन सय ९१.६६ मा पुगेको छ । बिहीबार कुल २ करोड २ लाख ३७ हजार ७ सय ८० कित्ता सेयर ७ अर्ब ८ करोड ६ लाख ९८ हजार १ सय ४६ रुपैयाँ मूल्यमा कारोबार भएको छ ।
बलेफी हाइड्रोपावर९.९९, सिटिजन सुपर ३० म्युचुअल फण्ड ९.९७, एनआइबिएल स्टेबल फण्ड ९.८३, जानकी फाइनान्स ८.७६ र सिटिजन म्युचुअल फण्ड दोस्रोका लगानीकर्ताले ७.८२ प्रतिशतले कमाएका छन् ।
यस्सतै माज लघुवित्त ४.५९, साधना लघुवित्त ४.५६, एनएमबी-५० ४.१३, सेञ्चुरी डिबेञ्चर ३.९१ र गुडबिल फाइनान्सका लगानीकर्ताले ३.८२ प्रतिशतले गुमाएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.