२०८१ साउन १६ गते १३:०७ विकासन्युज
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १ करोड ४३ लाख कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै साउन २९ गतेबाट उक्त सेयरको लकइन अवधि सकिने भएको जनाएको हो । साबिक सानिमा लाइफका संस्थापक र कर्मचारीसँग रहेको सेयर हाल लकइनमा रहेको छ ।
कम्पनीका संस्थापकसँग रहेको १ करोड ४० लाख कित्ता र कर्मचारीसँग रहेको ३ लाख कित्ता सेयरको लकइन अवधि सकिने भएको हो ।
कम्पनीको सेयर रजिस्ट्रार सानिमा क्यापिटल रहेको छ । लकइन खुलेपछि यी दुवै समूहको सेयर कारोबारमा आउनेछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.