२०८१ भदौ ५ गते १२:५० विकासन्युज
काठमाडौं । मौसम खराबीका कारण पोखरा विमानस्थलबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको एउटा जहाज भैरहवा डाइभर्ट भएको छ ।
काठमाडौंस्थित त्रिभुवन विमानस्थलको मौसम खराबीका कारण अवतरण गर्न नसकी यो जहाज भैरहवास्थित गौतमबुद्ध विमानस्थल अवतरण भएको हो ।
पोखरा विमानस्थलकी सूचना अधिकारी जसोदा रेग्मीका अनुसार भिजिबिलिटी कम हुँदा सुरक्षामा ख्याल गर्दै जहाजलाई भैरहवा डाइभर्ट गर्नुपर्ने अवस्था आएको हो ।
भिजिबिलिटी कम भएकाले पोखरा विमानस्थल पनि अहिले बन्द गरिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.