२०८१ असोज १४ गते १७:५४ विकासन्युज
काठमाडौं । राष्ट्रसंघीय महासभाबाट ११ दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान विपद्बारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन् ।
पत्रकारहरूले नेपालको तीनदिने विपद्को पूर्वतयारीबारे सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका हुन् ।
‘रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको उनको जवाफ थियो । उनले भने, ‘रेड एलर्ट जारी गरिएको थियो, तर, कहाँ–कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ? त्यो त गएपछि थाहा हुने कुरा भो ।’ उनले काठमाडौंमा यति डुबान हुन्छ भन्ने कल्पना पनि नगिरएकाे बताए ।
प्रधानमन्त्री ओली आफ्नो अमेरिका भ्रमण गाई दुहेर आएजस्तो नभएको प्रतिक्रिया दिए ।
तपाईंको अमेरिका भ्रमणको उपलब्धि के ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘म कुनै भैंसी दुहुनु गएर दूध लिएर आएजस्तो होइन । हाम्रा समस्याहरू, हाम्रा विचारहरू त्यहाँ राख्न गएको हो, राखियो ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.