२०८१ असोज १४ गते १८:०५ विकासन्युज
काठमाडौं । साइबर अपराध मुद्दामा दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा मुद्दा दायर गरेको हो ।
सुरुमा राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) को जाहेरीमा पक्राउ परेका प्रसाईंविरुद्ध अर्को पनि मुद्दा थपिएको छ । उनीविरुद्ध अर्का एक पुरुषले पनि जाहेरी दिएका छन् ।
प्रसाईं असोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका थिए । आफूविरुद्ध नाम नै किटेर चरित्रहत्या गरेपछि टिका सङ्ग्रौलाले ब्युरोमा जाहेरी दिएकी थिइन् । विद्युतीय कारोबार ऐन-२०६३ अनुसार आरोप पुष्टि भएमा ५ वर्षसम्म कैद सजाय र १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.