इरान-इजरायल युद्धका कारण भारतीय लगानीकर्ताले गुमाए ६० खर्ब

  २०८१ असोज १७ गते १३:३३     विकासन्युज

काठमाडौं । बिहीबार भारतीय सेयर बजारमा भारी गिरावट आएको छ । इरान र इजरायलबीच बढ्दो तनावका कारण विश्वभरिका बजारमा गिरावट आएकाले  त्यसको प्रभाव भारतीय बजारमा पनि देखिएको हाे ।

बीएसई सेन्सेक्स ९०० अंकको गिरावटसहित खुल्यो भने निफ्टी पनि २५५५० भन्दा तल पुगेको छ ।

सबै क्षेत्रमा गिरावट आएको छ । यसका कारण बीएसईमा सूचीबद्ध कम्पनीहरूको मार्केट क्याप ५६ अर्ब ६३ करोड रुपैयाँले घटेर ४६ अर्ब ९२ अर्ब ३० करोडमा पुगेको छ ।

सेन्सेक्सका ३० मध्ये २८ वटा घटेर खुलेका छन् । यसैबीच अनिल अम्बानीको कम्पनी रिलायन्स पावरको सेयर फेरि एकपटक अपर सर्किटमा पुगेको छ ।

यो सेयर गत सत्रमा ५१.१० रुपैयाँमा बन्द भएकोमा आज ५ प्रतिशतले बढेर ५३.६५ रुपैयाँमा पुगेको छ । यो ५२ हप्ताको उच्चतम स्तर हो ।

गान्धी जयन्तीका कारण असोज २ गते भारतीय सेयर बजार बन्द रहे पनि विश्वका अधिकांश बजार ओरालो लागेको थियो ।

दक्षिण कोरियामा १.२ प्रतिशत र जापानमा २.२ प्रतिशतले गिरावट आयो । तर, ताइवानमा ०.७५ प्रतिशत र हङकङमा ६.२ प्रतिशतले वृद्धि भएको थियो भने चीनको बजार बन्द रह्यो ।

प्रि-ओपन सत्रमा सेन्सेक्स १२६४ अंक अर्थात् १.५ प्रतिशत गिरावटका साथ ८३००२ अंकमा झर्यो भने निफ्टी पनि ३४४ अंक अर्थात् १.३३ प्रतिशतले घटेर २५४५२ अंकमा झर्यो ।

दिउँसो १२ बजे सेन्सेक्स १३१८ अंक अर्थात् १.५६ प्रतिशतले घटेर तल ८२९४८.२३ अंकमा थियो भने निफ्टी ३९६ अंक अर्थात् १.५३ प्रतिशतले घटेर २५४००.९५ अंकमा थियो। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.