२०८१ कार्तिक ४ गते १६:३३ विकासन्युज
काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिना (साउन र भदौ) मा विकास बैंकहरूले २ अर्ब ४४ करोड २० लाख खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा ६ वटा विकास बैंकले घाटा बेहाेर्दा ११ वटाले नाफा आर्जन गरेका छन् ।
जसमध्ये सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकले नाफा आर्जन गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । महालक्ष्मीले साउन र भदौमा ९६ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दा मुक्तिनाथा विकास बैंकले ३२ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यसैगरी, गरिमा विकास बैंकले २८ करोड ८९ लाख, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले २१ करोड ५४ लाख, ज्योति विकास बैंकले १९ करोड ६२ लाख, कामना सेवा विकास बैंकले १७ करोड ६९ लाख, साङ्ग्रीला डेभलपमेन्ट बैंकले १४ करोड ३० लाख, र लुम्बिनी विकास बैंकले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
घाटा बेहाेर्नेहरूकाे शीर्ष स्थानमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । एक्सेल डेभलपमेन्टलाई ६ करोड ८३ लाख घाटा लागेको छ । कर्णाली विकास बैंकलाई १ करोड ८३ लाख, नारायणी डेभलपमेन्टलाई १ करोड १६ लाख, मितेरी डेभलपमेन्टलाई ८४ लाख, सिन्धी विकास बैंकलाई ६३ ला र सप्तकोशी डेभलपमेन्ट बैंकलाई ३६ लाख रुपैयाँ घाटा लागेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.