२०८१ कार्तिक ६ गते १३:०१ जुली गिरी
काठमाडौं । भक्तपुरका गाउँमा मखमली फूल ढकमक्क फुलेका छन् । व्यावसायिक रूपमा गरिएको मखमली फूलखेतीले त्यहाँका फाँटहरू राताम्मे देखिएका छन् ।
भक्तपुरका गुण्डु, सिपाडोल, चित्तपोल, ताँथली, सुँडाल, वागेश्वरीलगायत ठाउँमा व्यावसायिक फूलखेती भइरहेको छ ।
तिहार नजिकिँदै जाँदा व्यावसायिक फूलखेती गर्नेहरूले माला बनाउन सुरु गरिसकेका छन् ।
मखमली र सयपत्री फूलखेतीबाट राम्रो आम्दानी हुने भएपछि त्यहाँका अधिकांश किसानमात्रै नभइ अन्य क्षेत्रका मानिस पनि जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन् ।
किसानहरूले दिनमै डेढ लाखको व्यापार हुने गरेको बताएका छन् । फूलको व्यापार क्रमशः बर्सेनि घट्दै गएको किसान बताउँछन् । यस वर्ष विगतको तुलनामा फूलको उत्पादन कम भएको र बजार पनि नरहेको किसानको गुनासो छ । विचौलियाका कारण किसानसँग व्यापारीहरूको भेट नहुने र विचौलियाले बाटोबाटै व्यापारीहरूलाई फर्काइदिने गरेको किसानले गुनासाे गरे ।
सरकारले पनि उन्नत प्रकारको बीउबिजन दिन नसकोको गुनासो उनीहरूको छ । साथै आयातित फूलले बजार लिँदा देशका किसानले लगाएको फूल विक्री हुन छोडेको उनीहरूकाे भनाइ छ ।
सूर्यविनायक नगरपालिकाले केही वर्षयता स्थानीयलाई व्यावसायिक फूलखेती गर्न ७० प्रतिशत अनुदानमा बीउसमेत वितरण गर्दै आएको छ ।
तस्बिरहरू:
Copyright © 2024 Bikash Media Pvt. Ltd.