२०८१ कार्तिक ७ गते १५:५० विकासन्युज
काठमाडौं । एनएजली इन्स्योरेन्स कम्पनीको साधारणसभा बुधबार सम्पन्न भएको छ ।
बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सम्पन्न भएको सभाले चुक्ता पूँजीको १० सेयर बराबर ६.२५६ सेयर अनुपात अर्थात् ६२.५६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
हकप्रदको प्रस्ताव पारित भएसँगै कम्पनीले अब यसका आधारभूत पक्षहरूको कामलाई निरन्तरता दिने जनाइएकाे छ ।
कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउनका लागि हकप्रद सेयर निष्काषन गर्न लागेको हो ।
कम्पनी सञ्चालक समितिको भदौ २४ गते बसेको बैठकले आर्थिक वर्ष २०७९/८० को बोनस सेयर वितरण कायम हुने चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँको ६२.५६ प्रतिशत अर्थात १००ः६२.५६ अनुपातमा हकप्रद सेयर निष्काषन गर्ने निर्णय गरेको थियो ।
एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल मार्केट रहेको छ । साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २२ गते बुक क्लोज गरेकाे थियाे ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.