२०८१ कार्तिक ९ गते १२:२६ विकासन्युज
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हाे ।
कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १४.२५ र कर प्रयोजनका लागि नगद ०.७५ प्रतिशत रहेको जनाइएकाे छ ।
उक्त प्रस्ताव पहिला नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारणसभाले पारित गर्नेछ अनि सेयरधनीले पाउनेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.