२०८१ मंसिर १८ गते २१:०६ विकासन्युज
काठमाडौं । आन्तरिक तर्फको हवाई भाडा बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुनेगरि हवाई भाडा बढाएको हो ।
क्यानका अनुसार काठमाडौं–धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा-भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ भने विराटनगर-भैरहवा ८० रुपैयाँ, काठमाडौं–सिमराको भाडा १५ रुपैयाँ, काठमाडौं-विराटनगर ५० रुपैयाँ, काठमाडौं-पोखरा ३० र काठमाडौं-भैरहवा ४० रुपैयाँले बढेको हो ।
हवाइ इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको बताइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.