२०८१ पुष २८ गते १८:२३ विकासन्युज
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि प्रस्तावित ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको करसमेत) वितरण गर्ने निर्णय पारित गरेको छ ।
सभाबाट मञ्जुश्री फाइनान्स लिमिटेडको सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीहरूको तर्फबाट ३ जना यादव अधिकारी, रामहरि शर्मा तथा सुमनप्रसाद अधिकारी र सर्वसाधारण समूहका सेयरधनीको तर्फबाट सतिश गौतम गरी ४ जना जना सञ्चालक आगामी ४ वर्षका लागि निर्विरोध निर्वाचित भए ।
यसैगरी, वित्तीय संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालयलाई काठमाडौं महानगर- १० बाट ठाउँसारी गरी वडा नम्बर ११ स्थित आफ्नै भवनमा राख्नका लागि प्रबन्धपत्रको दफा २(१) र नियमावलीको नियम २ मा संशोधन गर्ने निर्णय पारित भएकाे छ ।
मञ्जुश्री फाइनान्स लिमिटेडले गत मङ्सिर मसान्तसम्म २१ अर्ब निक्षेप संकलन तथा १७.५ अर्ब कर्जा निर्वाह गर्दै आएको छ ।
यस फाइनान्सको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर काठमाण्डौंमा रही २७ वटा शाखा तथा एक बिस्तारित काउन्टरमार्फत देशभरका प्रमुख सहरमा १ लाख २० हजारभन्दा बढी ग्राहकलाई सेवा पुर्याउँदै आएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.