२०७५ वैशाख १९ गते २२:१७ विकासन्युज
काठमाडौं । गएको महिनासम्मा २ पटक पेट्रोलियम पदार्थको मुल्य बढेकोमा नेपाल अायल निगमले फेरी मुल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागु हुने गरि निगमले पेट्रोलमा २, डीजेल र मट्टीतेलमा क्रमश ३/३ रुपैयाँ बढाएको हाे ।
बढेर अब पेट्रोल प्रतिलिटर १०८, डिजेल ९० र मट्टीतेल पनि ९० रुपैयाँ पर्ने भएको छ । इण्डीयन आयल कर्पोरेशन (आईओसी) ले बढेको मुल्य पठाएपछि स्वचालित मुल्य विधि अनुसार निगमको सञ्चालक समितिको वैठकले मुल्य समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोईतले जानकारी दिए ।
पछिल्लो मुल्य बढेसँगै गएको डेढ महिनामा निगमले लगातार तीन पटक मुल्य बढाएको हाे । जसमा पहिलो पाक्षिक (१५ दिन) काे अबधिमा निगमले प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँको दरले मुल्य बढाएको थियो ।
त्यस्तै दुई हप्ताअघि पेट्रोलमा १, डिजेल र मट्टीतेलमा २/२ रुपैयाँ मुल्य बढाएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.