सानिमा बैंकको १५ प्रतिशत बोनस पारित, वाग्मती डेभलपमेन्ट बैंकलाई खरिद गर्ने

<p>काठमाडौं, २८ असोज । सानिमा बैंकको सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय पारित भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि शून्य दशमलब ७९ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको उक्त प्रस्तावलाईआश्विन २८ गते बसेको बैंकको १२ औ बार्षिक साधारणसभाले पारित गरेको छ । बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा [&hellip;]</p>

काठमाडौं, २८ असोज । सानिमा बैंकको सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने निर्णय पारित भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि शून्य दशमलब ७९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

sanima_bank_12th_agm

बैंकको सञ्चालक समितिको उक्त प्रस्तावलाईआश्विन २८ गते बसेको बैंकको १२ औ बार्षिक साधारणसभाले पारित गरेको छ । बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त सभाले बोनस शेयर जारी पश्चात थप ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साथै सानिमा बैंकसँग भएको आपसी समझदारी अनुसार वाग्मती डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पनि सो सभाले पारित गरेको छ । त्यसैगरी बैंकको अधिकृत पूँजी वृद्धि गरी ९ अर्ब रुपैयाँ तथा जारी र चुक्ता पूँजी ६ अर्ब नब्बे करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा बैंकले खुद नाफा एक अर्ब रुपैयाँ कमाएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। सानिमा बैंकको कुल सम्पत्ति ५५ अर्ब ८९ करोड रुपैयाँ, कुल निक्षेप ४६ अर्ब ३४ करोड रुपैयाँ तथा कर्जा सापटी ४० अर्ब ४६ करोड रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७१/७२ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ६०.२९, ३६.१२, ४३.१३, र ३८.६८ प्रतिशतले बृद्धि गरेको बैंकले जनाएको छ ।

त्यसैगरी बैंकले नेपाल भर ४० वटा शाखा तथा ४७ एटिएम संजाल विस्तार गर्न सक्षम भएको छ ।

Share News