दसैँ पछिको सेयर बजार राताम्मे, १६ अंकको गिरावट, ६० करोडको कारोबार

<p>काठमाडौं, ३० असोज । दसैंअघि हरियाली छाएर बन्द भएको सेयर बजार दसैंपछि खुलेको बजार भने राताम्मे भएको छ । दसैंपछि आइतबार लगत्तै खुलेको बजार १६ दशमलब १४ अंकले घटेर १८०३ अंकमा झरेको छ । सो दिन जम्मा १२२ कम्पनीको ७ लाख ६७ हजार कित्ता सेयर ६० करोड रुपैयाँमा किनबेच भएको छ । सो दिन कारोबार भएका [&hellip;]</p>

nepse_sundayकाठमाडौं, ३० असोज । दसैंअघि हरियाली छाएर बन्द भएको सेयर बजार दसैंपछि खुलेको बजार भने राताम्मे भएको छ । दसैंपछि आइतबार लगत्तै खुलेको बजार १६ दशमलब १४ अंकले घटेर १८०३ अंकमा झरेको छ । सो दिन जम्मा १२२ कम्पनीको ७ लाख ६७ हजार कित्ता सेयर ६० करोड रुपैयाँमा किनबेच भएको छ ।

सो दिन कारोबार भएका ७ वटै समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ८१ अंकले ओरालो लागेको छ । त्यस्तै होटल, हाइड्रोपावर, बैकिंङ् र अन्य समूह क्रमशः ७२, १८, १५ र ११ अंकले ओरालो लागेका छन् । बाकी विकास बैंक र फाइनान्स समूहको परिसूचक क्रमशः ९ र ५ अंकले घटेका छन् ।

सबैभन्दा बढी पुर्णिमा विकास बैंकको सेयर मूल्य करिब साढे ४ अंकले घटेको छ । त्यस्तै, प्रभु इन्स्योरेन्स, नेपाल ग्रामीण विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र सोल्टी होटलका लागानीकर्ताले करिब ४ प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी ज्योती विकास बैंकका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, कामना विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् ।

बजारमा सबैभन्दा बढी कुमारी बैंकको १७ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । प्रभु इन्स्योरेन्सको ५ करोड २९ लाख रुपैयाँ र बिओकेको ४ करोड ४६ लाख रुपैयाँ बरावरको सेयर किनबेच भएको छ ।

Share News