कामना सेवाको ‘कामना सेवा रेमिट’ सेवा शुरु, ७५०० केन्द्रबाट भुक्तानी हुने

<p>काठमाडौँ । कामना सेवाविकास बैंकले बुधबारबाट ‘कामना सेवा रेमिट’ शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेका हुन् । विविध विशेषताहरु सहित सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टस् मार्फत यो सेवा प्रदान गर्न लागिएको हो । समय सापेक्ष ग्राहकहरुको [&hellip;]</p>


काठमाडौँ । कामना सेवाविकास बैंकले बुधबारबाट ‘कामना सेवा रेमिट’ शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष सुदीप आचार्य, संचालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सो सेवाको शुभारम्भ गरेका हुन् ।

विविध विशेषताहरु सहित सम्पूर्ण शाखा तथा देशभरका करिब ७,५०० एजेन्टस् मार्फत यो सेवा प्रदान गर्न लागिएको हो । समय सापेक्ष ग्राहकहरुको आवश्यकता र प्रतिस्पर्धी बजारलाई मध्यनजर गर्दै भविष्यमा पनि एजेन्टहरु थप गर्दै जाने बैंकको योजना रहेको जनाएको छ ।

Share News