सिटी मनी ट्रान्सफर १० औं वर्षमा, गभर्नरले उद्घाटन गरे कम्पनीको नयाँ भवन

<p>काठमाडौँ, २७ असार । सिटी एक्सप्रेस मनी ट्रान्सफर १० औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले १० वर्षे यात्रामा कमलादीमा आफ्नै भवन बनाउन समेत सफल भएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफर अब आफ्नै भवनमा सरेर कारोबार गर्ने कम्पनीका रुपमा स्थापित भएको हो ।  सिटी एक्सप्रेस कम्प्लेक्स नामाकरण गरिएको नयाँ भवनको सोमबार नेपाल राष्ट्र बैंकका [&hellip;]</p>

काठमाडौँ, २७ असार । सिटी एक्सप्रेस मनी ट्रान्सफर १० औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले १० वर्षे यात्रामा कमलादीमा आफ्नै भवन बनाउन समेत सफल भएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफर अब आफ्नै भवनमा सरेर कारोबार गर्ने कम्पनीका रुपमा स्थापित भएको हो ।  सिटी एक्सप्रेस कम्प्लेक्स नामाकरण गरिएको नयाँ भवनको सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले उद्घाटन गरेका हुन् ।
city_money_express
कार्यक्रममा सिटी एक्स्प्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले भने,“यही १० वर्ष पुगेको शुभ उपलक्ष्यमा अब हामी कमलादीस्थित आफ्नै भवनमा सरेका छौँ । नयाँ भवन, सजिलो पहुँचका साथै हाम्रा मिहिनेती कर्मचारीहरूबाट अब हामीले आफ्नो सेवालाई झन् प्रभावशाली बनाई उत्कृष्ट सेवा प्रदान गर्नमा कुनै कसर बाँकी राख्ने छैनौँ र देशभरिका जनतालाई भरपर्दो सेवा दिन तत्पर हुनेछौँ ।”

कार्यक्रममा बोल्दै प्रमुख नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले भन्ने,“हाल नेपालको अर्थतन्त्रमा रेमिटान्सको भूमिका ज्यादै नै महत्वपूर्ण रहेको छ । गैरकानुनी तवरले हुण्डीका मार्फत् नेपालमा भित्रिने क्रमलाई तोड्न नेपाल सरकारलाई मद्दत गर्नुमा सिटी एक्सप्रेसजस्ता कम्पनिहरूको महत्वपूर्ण हात छ । म सिटी एक्सप्रेसलाई १०औँ वार्षिकोत्सवको अवसरमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।”

यसैबिच सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो १० औँ वार्षिकोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले कमलादीस्थित आफ्नै भवन, सिटी एक्सप्रेस कम्प्लेक्समा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

सिटी एक्सप्रेसका ५० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको उक्त रक्तदान कार्यक्रमबाट सङ्कलन गरिएको रगत नेपाल ब्लड बैंकलाई हस्तान्तरण गरिएको थियो ।

Share News