काठमाडौं १, माघ । नेपाल आयाल निगम पछिल्लो समय मासिक साढे सात करोड घाटामा पुगेको र ऋण लागेको भन्दै उपभोक्ताबाट शुल्क अशुल्ने भएको छ ।
निगमले पूर्वाधार शुल्कको नामा रकम अशुल्ने भएकको छ । पूर्वाधार विकास तथा ऋण भुक्तानीका नाममा उपभोक्ताबाट अतिरिक्त शुल्क लिने भएको छ । सातै प्रदेशमा इन्धन भण्डारण राख्ने र उपभोक्ताबाट अतिरिक्त शुल्कका नाममा ५ वर्षमा एक अर्ब २० अर्ब ३४ करोड अशुल्ने भएको छ ।
अन्तराष्ट्रिय बजारमा ईन्धनको मूल्य वृद्धि भए पनि स्वचालित मूल्यप्रणलीको आधारमा निगमले मूल्य समायोजन नगर्दा जनवरी महिनामा मात्रै निगमले सात करोड ४० लाख रुपैयाँ घाटा बेहोरेको छ ।
निगमले पेट्रोल, हवाई इन्धन र मट्टीतेलमा नाफा गरेपनि सबैभन्दा बढी बिक्री हुने आधारमा डिजेलतर्फ प्रतिलिटरमा एक रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासतर्फ प्रतिसिलिन्डरमा ७८ रुपैयाँ २६ पैसाका दरले घाटा बेहोर्दै आएको छ । पछिल्लो तीन बर्षदेखि निगम नाफामा थियो । अन्नपूर्ण पोस्टबाट ।