प्रोफेशनल दियालो विकास बैंक प्राप्ति पछि लक्ष्मी बैंकद्धारा एकिकृत कारोबार शुरु

<p>काठमाडौं, २ माघ । लक्ष्मी बैंक लिमिटेडले प्रोफेशनल दियालो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) पश्चात आइतबारदेखि एकिकृत कारोबार शुरु गरेको छ । बैंकले लक्ष्मी बैंक लिमिटेडको नामबाट नै एकिकृत कारोबार शुभारम्भ गरेको छ । लक्ष्मी बैंकको चुक्ता पूँजी तीन अर्ब तीन करोड रुपैयाँ रहेको छ । २४ करोड चुक्ता पूँजी रहेको प्रोफेसनललाई एक्वायर पश्चात लक्ष्मी [&hellip;]</p>

Laxmi_bankकाठमाडौं, २ माघ । लक्ष्मी बैंक लिमिटेडले प्रोफेशनल दियालो विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) पश्चात आइतबारदेखि एकिकृत कारोबार शुरु गरेको छ । बैंकले लक्ष्मी बैंक लिमिटेडको नामबाट नै एकिकृत कारोबार शुभारम्भ गरेको छ ।

लक्ष्मी बैंकको चुक्ता पूँजी तीन अर्ब तीन करोड रुपैयाँ रहेको छ । २४ करोड चुक्ता पूँजी रहेको प्रोफेसनललाई एक्वायर पश्चात लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब २७ करोड रुपैंयाँ पुग्नेछ । बैंकले एक्वायर पश्चात कायम पूँजीबाट शतप्रतिशत हकप्रद निष्कासन गर्ने बताएको छ ।

प्रोफेशनल दियालो प्राप्ति पश्चात लक्ष्मी बैंकको ५ वटा नयाँ शाखा काभ्रेमा पाचँखाल र भकुन्डेबेसी, सिन्धुपाल, भरतपुर चितवन र पोखरा, कास्कीमा चिप्लेढुङ्गामा थपिने बैंकले जनाएको छ ।

बैंकले हाल ६४ वटा शाखा, २ विस्तार काउन्टर अनि ८० एटिएम मार्फत ग्राहकलाई बैंकिङ् सेवा दिदै आइरहेको छ । केन्द्रिय कार्यालय लक्ष्मी बैंक लिमिटेडको हाल रहेको स्थान हात्तीसार, काठमाडौं नै कायम रहनेछ ।

Share News