सेञ्चुरी बैंकले १० प्रतिशत बोनसपछि ४० प्रतिशत हकप्रद सेयर दिने, बुक क्लोज चैत १८ गते

<p>काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले १० प्रतिशत बोनसपछि ४० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैकले चैत ३१ गते साधारणसभा गर्दैछ भने चैत १८ देखि ३१ गतेसम्म बैंकको सेयर दाखिल खारेज बन्द रहने जनाइएको छ । यस बैंकले इनोभेटिभ डेभलमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक प्राप्ती गर्दैछ । बोनस सेयर, दुबै बैंकको प्राप्ती र [&hellip;]</p>

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले १० प्रतिशत बोनसपछि ४० प्रतिशत हकप्रद सेयर दिने भएको छ । बैकले चैत ३१ गते साधारणसभा गर्दैछ भने चैत १८ देखि ३१ गतेसम्म बैंकको सेयर दाखिल खारेज बन्द रहने जनाइएको छ ।

यस बैंकले इनोभेटिभ डेभलमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंक प्राप्ती गर्दैछ । बोनस सेयर, दुबै बैंकको प्राप्ती र ४० प्रतिशत हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६० करोड रुपैयाँ हुनेछ ।

चालु आर्थिक वर्षको नाफाबाट र अर्को मर्ज तथा एक्विजिशनबाट बैंकको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ६९ करोड रुपैयाँ छ ।

Share News