नेपाल उद्योग वाणिज्य महासंघमा चन्द्रप्रसाद ढकाल सहित ६ जना सर्वसहमतिमा निर्वाचित

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि कार्यसमितिमा एशोसिएट उपाध्यक्षसहित ६ जना सर्वसहमत भएका छन् । एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल सर्वसहमत भएका छन् । महासंघको निर्वाचनमा एशोसिएट उपाध्यक्षमा सर्वसहमति भएको यो पहिलो पटक हो । द्विराष्ट्रिय उद्योग वाणिज्य संघ तर्फ नेपाल थाई उद्योग वाणिज्य संघको अध्यक्ष अजय मुडभरी सर्वसहमत भएका छन् । त्यस्तै [&hellip;]</p>


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि कार्यसमितिमा एशोसिएट उपाध्यक्षसहित ६ जना सर्वसहमत भएका छन् ।

एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल सर्वसहमत भएका छन् । महासंघको निर्वाचनमा एशोसिएट उपाध्यक्षमा सर्वसहमति भएको यो पहिलो पटक हो ।

द्विराष्ट्रिय उद्योग वाणिज्य संघ तर्फ नेपाल थाई उद्योग वाणिज्य संघको अध्यक्ष अजय मुडभरी सर्वसहमत भएका छन् ।

त्यस्तै प्रदेश नम्बर ३ मा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघबाट कमलकुमार श्रेष्ठ, प्रदेश नम्बर ५ मा नवलपरासी उद्योग वाणिज्य संघबाट भीमबहादुर थापा क्षेत्री, प्रदेश नम्बर ६ मा डोल्पा उद्योग वाणिज्य संघबाट लंकमान रोक्का, संस्थापक सदस्य समूहको सदस्यमा मोरङ व्यापार संघबाट अभिनास बोहरा निर्वाचित भएका छन् ।

Share News