गृहमन्त्री सुधन गुरुङ तेस्रो वरियतामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरिएको यस सरकारमा अर्थमन्त्रीका रूपमा डा. स्वर्णिम वाग्ले दोस्रो वरियतामा रहेका छन् भने गृहमन्त्री सुधन गुरुङ तेस्रो वरियतामा छन् ।

नवनिर्मित मन्त्रिपरिषदमा शिशिर खनाल परराष्ट्रमन्त्री बनेका छन् भने सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री बन्ने छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी विराजभक्त श्रेष्ठलाई दिइएको छ भने खड्कराज पौडेल (गणेश) पर्यटनमन्त्री बनेका छन्।

त्यस्तै, सस्मित पोखरेलले शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद मन्त्रालय सम्हालेका छन् भने निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन्। विक्रम तिमिल्सिना सञ्चारमन्त्री नियुक्त भएका छन् भने प्रतिभा रावल सामान्य प्रशासन मन्त्री बनेकी छन्।

श्रम तथा रोजगार मन्त्रालय दीपक साह (महोत्तरी) लाई दिइएको छ भने सोविता गौतम कानुन मन्त्री बनेकी छन् । गीता चौधरीले कृषि तथा पशुपन्छी विकाससँगै वन तथा वातावरण मन्त्रालय सम्हालेकी छन् भने सीता वादी महिला तथा बालबालिका मन्त्री बनेकी छन् ।

नयाँ सरकार गठनसँगै विभिन्न मन्त्रालयमा नयाँ नेतृत्व आएको छ। सरकारले अब आर्थिक सुधार, सुशासन तथा प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ ।

Share News