काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सांसद रवि लामिछानेले अब कर्मचारीतन्त्रले सरकारसँग रफ्तार गति मिलाउनुको विकल्प नभएको बताएका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकमा उनले सरकारले आफ्नो रफ्तार सुरु गरिसकेको बताउँदै त्यसमा कर्मचारी र सबैले गति मिलाउनु पर्ने बताएका हुन् ।
‘हामी प्रश्न सोधेर आएका हौं, अब हामीले काम गरेर पनि देखाउन सक्छौं भनेर देखाउनुपर्नेछ, प्रतिपक्षले आलोचनात्मक टिप्पणीलाई हामी स्वागत गर्नेछौं । अब माइक काटिने छैन,’ उनले भने ।
उनले विगतका सरकारले नियुक्ति गरेका व्यक्तिहरुले मार्ग प्रशस्त गर्न पनि उनले आग्रह गरे । उनले विदेशी लगानीकर्तालाई पनि नेपाल अब लगानीमैत्री वातावरण बनेकोले लगानी गर्न पनि आग्रह गरे ।