काठमाडौं । महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले सुर्खेत तथा आसपासका क्षेत्रीय बजारलाई लक्षित गर्दै अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयूभी ‘बीई६’ र ‘एक्सईभी ९ई’ सार्वजनिक गरेको छ ।
वीरेन्द्रनगर–१२, पदमपुरस्थित महिन्द्रा शोरुममा विशेष क्षेत्रीय सार्वजनिकीकरण समारोह आयोजना गरी यी गाडी सार्वजनिक गरिएका हुन् ।
समारोहमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षबिक्रम खड्का, अग्नि ग्रुपका ईभी प्रोडक्ट हेड सुरज राजवंशी, महिन्द्रा एण्ड महिन्द्रा इण्डियाका कन्ट्री म्यानेजर महेश ठकुरी, अग्नि ग्रुपका पिकअप प्रोडक्ट हेड रोशन श्रेष्ठ, एसयूभी म्यानेजर गोकुल खरेल, सुर्खेत शाखाका शोरुम म्यानेजर जयसिंह साउन तथा अन्य अतिथि र ग्राहकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कम्पनीका अनुसार ‘बीई६’ को प्रारम्भिक मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ भने ‘एक्सईभी ९ई’ को मूल्य ६९ लाख रुपैयाँदेखि सुरु हुने जनाइएको छ ।