घरमा पार्किङ गरेको मोटरसाइकलबाट पेट्रोल चोर्दाचोर्दै पक्राउ

काठमाडौं । घरमा पार्किङ गरेको मोटरसाइकलबाट पेट्रोल चोर्ने चार जना पक्राउ परेका छन् । 

आइतबार कीर्तिपुरस्थित एक घरमा पार्किङ गरिराखेको बा. २९ प २४२ नम्बरको मोटरसाइकलबाट पेट्रोल चोरी गर्ने बर्दियाका २१ वर्षीय समीर विक, गुलरिया नगरपालिका ५ घर भइ  कीर्तिपुर बस्ने २३ वर्षीय सुवाश विक, नुवाकोट, बेलकोटगढी नगरपालिका ७ घर भइ काठमाडौं, तारकेश्वर ७ बस्ने २८ वर्षीय रमेश सदाशंकर र बर्दिया बाँसगढी नगरपालिका ७ २३ वर्षीय सन्देश श्रीपाली रहेका काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ ।

उनीहरूको साथबाट छपन्न हजार, तामाको धातुबाट बनेको जस्तो देखिने मूर्ति ४० थान, चुरोट १५ बन्डल (१ बन्डलमा १० प्याकेट) एन्ड्रोइड मोबाइल ६ थान, किप्याड मोबाइल ४ थान, सुनको जस्तो देखिने कानको झुम्का १ जोर , सुनको जस्तो देखिने रातो पोते सहितको नेकलेश, शिरबन्दी २ थान, चाँदीको जस्तो देखिने पाउजु १ जोर, प्रदेश ३ -०२-००७ प ९३८६ नम्बरको, बा २५ प ६८७० नम्बरको मोटरसाइकल र हेलमेट १० थानसहित पक्राउ परेका हुन् ।

Share News