इरान युद्ध : आईआरजीसीका खुफिया प्रमुख अमेरिकी–इजरायली हमलामा मारिए

फाइल तस्बिर ।

काठमाडौं । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) को खुफिया संगठनका प्रमुख माजिद खादेमी अमेरिका र इजरायलका हमलामा मारिएका छन् ।

आईआरजीसीले एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘माजिद खादेमीको मृत्यु सोमबार बिहान भएको हो ।’

इजरायलका रक्षा मन्त्री इजरायल कात्ज र इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले खादेमीको हत्या गरेको जिम्मेवारी लिएका छन् ।

आईडीएफले टेलिग्राममा लेखेको छ कि उनको मृत्यु आईआरजीसीका लागि ‘अर्को ठूलो झट्का’ हो ।

१५ जुन २०२५ मा इजरायली हमलामा मोहम्मद काजेमीको हत्या भएको चार दिनपछि खादेमीलाई आईआरजीसीको खुफिया संगठनको कमान्डर नियुक्त गरिएको थियो ।

गत वर्ष अगस्टमा इरानको साइबर स्पेसको ‘सार्वभौमसत्ताको रक्षा’ आवश्यक रहेको बताउँदै खादेमीले संसदसँग घरेलु इन्ट्रानेट परियोजनालाई प्राथमिकता दिएर पूरा गर्न आग्रह गरेका थिए ।

Share News