साइबर ब्यूरोमा एमालेका सांसदहरू

काठमाडौं । नेकपा एमालेका महिला सांसदहरू साइबर ब्युरो पुगेका छन् । सोमबार ( आज) महिला, बालबालिका तथा एमालेका कार्यकर्तामाथि साइबर बुलिङका घटना बढेको भन्दै कारबाहीका लागि उनीहरू तालुकदार निकायको ध्यानाकर्षण गराउन ब्यूरो पुगेका हुन् ।

एमालेकी सांसद पद्मा अर्यालको नेतृत्वमा १२ जना सांसदहरू साइबर ब्यूरो पुगेका हुन् । 

साइबर बुलिङका घटना बढेकाले कारबाहीको माग राख्दै साइबर ब्युरो गएको प्रतिनिधिसभा सांसद अर्यालले बताएकी थिइन् । 

‘साइबरका घटनामा चासोका साथ काम गर्न अनुरोध गरेकी थिइन्,’ ब्यूरोका एक प्रहरीले विकासन्युजसँग भने । 

एमालेका सांसदहरू २० मिनेट ब्यूरोमा बसेको ब्यूरोका प्रवक्ता दिलिपकुमार गिरीले जानकारी दिए ।

‘एमालेका सांसदलाई हामीले सक्रिय भएर र आफ्नो क्षमताले भ्याएसम्म काम गर्नेछौं,’ एमालेका सांसदलाई भनेको भनाइलाई उदृत गर्दै उनले भने, ‘कानुनबमोजिम काम गर्नेछौं । गलत काम गर्नेले कोही कसैले छुट पाउँदैनन् ।’

Share News