काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित पुरानो संघीय संसद भवनको प्राङ्गणमा सोमबार विशेष दीप प्रज्वलन कार्यक्रमको आयोजना भएको छ ।
जेनजी सहिद परिवारले श्रद्धाञ्जली तथा दीप प्रज्जवलन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा गृहमन्त्री सुधन गुरुङसमेत उपस्थित रहेका छन् ।
कार्यक्रममा गृहमन्त्री गुरुङले युवाहरूसँगै दीप प्रज्जवलन गरेका थिए ।
पछिल्लो पुस्ता अर्थात् ‘जेनजी’ सँग राज्यको समन्वय बढाउने र उनीहरूको भावनालाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
थप तस्बिरहरू : नरेश बाेहाेरा/विकासन्युज





