काठमाडौं । वैदेशिक रोजगार कल्याणकारी कोषको सवा ३ अर्ब रुपैयाँ मुद्दनी निक्षेपमा लगानी गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार बोर्ड सचिवालयले वैदेशिक रोजगार कल्याणकारी कोषको ३ अर्ब ३२ करोड ५० लाख रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
यसका लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंक र विकास बैंकहरूबाट सिलबन्दी दरभाउपत्र आह्वान गरिएको छ । इच्छुक बैंकहरूले प्रस्तावित ब्याजदर र लिन चाहेको रकमसहित आवश्यक विवरण पेश गर्नुपर्नेछ ।
बैंकहरूले २०८३ वैशाख ९ गते दिउँसो १२ बजेसम्म दरभाउपत्र सचिवालयमा बुझाउनुपर्नेछ । प्राप्त प्रस्तावहरू सोही दिन दिउँसो ४ बजे खोलिने जनाइएको छ ।