पुरानो गाडी एक्सचेन्ज गर्नुहोस्, टाटा नयाँ गाडी र आइपीएल यात्रा जित्नुहोस्

काठमाडौं । टाटा मोटर्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ वर्ष २०८३ को अवसरमा 'नयाँ वर्ष शुभएक्सचेन्ज' योजना सार्वजनिक गरेको छ ।

चैत्र २७ देखि चैत्र ३० सम्म सञ्चालन हुने यस क्याम्प अन्तर्गत, ग्राहकहरूले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरेर टाटा कार खरिद गर्न सक्नेछन् । यससँगै लक्की ड्र मार्फत भारतमा टाटा आइपीएल प्रत्यक्ष हेर्न जाने मौका पनि प्रदान गरिनेछ ।

कम्पनीका अनुसार ग्राहकहरूलाई आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर, लाइफटाइम डीसी फास्ट चार्जिङ र होम चार्जिङ इन्स्टलेसन जस्ता विशेष सुविधा पनि दिइनेछ ।

टाटा मोटर्सले नयाँ वर्षलाई अझ उत्साहपूर्ण बनाउँदै ग्राहकहरूलाई आधुनिक, सुरक्षित र विश्वसनीय सवारीसाधनसँगै अविस्मरणीय अनुभव दिने लक्ष्य राखेको छ । इच्छुक ग्राहकहरूले योजना सम्बन्धी विस्तृत जानकारी नेपालभर रहेका टाटा सोरुमहरूमा गएर प्राप्त गर्न सक्नेछन् ।   

Share News