योजना आयोगका नवनियुक्त उपाध्यक्ष भट्टले गरे पदबहाली

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. गुणाकर भट्टले बुधबार (आज) पदबहाली गरेका छन् । सचिव तथा आयोगको टोलीले उनलाई कार्यालयमा स्वागत गरेको थियो ।

मंगलबार (हिजो) बसेको मन्त्रिपरिषद्को बैठकले डा. भट्टलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

डोटीका भट्टले अर्थशास्त्रमा पीएचडी गरेका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा उनले गभर्नर हुने चर्चाबीच पदबाट राजीनामा दिएका थिए । तर अन्तमा विश्व पौडेल गभर्नरमा नियुक्त भएका थिए । 

भट्ट तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतका सल्लाहकार पनि हुन् । उनी नीति अनुसन्धानमा काबिल अर्थशास्त्रीका रूपमा परिचित छन् । 

nullnull

Share News