चैत २७ मा उपसभामुखको निर्वाचन हुने, प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्यो

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही चैत २७ गते निर्वाचन हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त मिति औपचारिक रूपमा घोषणा गरेका हुन् ।

सभामुख अर्याल स्वयं भने चैत २२ गते सम्पन्न निर्वाचनबाट निर्विरोध निर्वाचित भएका थिए । उनको एकल उम्मेदवारी परेपछि प्रतिस्पर्धा बिना नै सभामुखमा चयन भएका हुन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार सभामुख चयन भइसकेपछि उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने प्रावधान छ । सोही व्यवस्थाअनुसार अब उपसभामुख चयन प्रक्रिया तीव्र बनेको हो ।        

Share News