चन्द्रागिरीमा एकजनामाथि ४ जनाले कुटपिट गरिएको भिडियो भाइरल भएपछि पक्राउ

काठमाडौं । चन्द्रागिरीको झम्सीखेलमा एक युवकमाथि अभद्र व्यवहार गर्ने चार जना पक्राउ परेका छन् । मंगलबार चन्द्रागिरिस्थित एक मानिसलाई अपशब्द बोली गाली गलौज तथा हातपात, लछार पछार गरेर हेलमेट समेतले प्रहार गरी घाइते बनाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

काठमाडौं चन्द्रागिरीका ३० वर्षीय राजिब पन्त, २६ वर्षीय रोहन पन्त, ३१ वर्षीय विनोद पन्त र ३४ वर्षीय अस्मित सिटौला पक्राउ परेका हुन् ।

अभद्र व्यवहार गर्न नहुने कसूरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट दिन ५ (पाँच) को म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।

null

 

Share News