काठमाडौं । औषधि बिक्री गरेको नक्कली अनलाइन पेमेन्टको बील देखाइ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । बुधबार भ्याली मेडीकको ग्लोबल आईएमई बैंकको खातामा अनलाईनबाट रकम पठाएको नक्कली अनलाइन पेमेन्टको बिल देखाई ठगी गर्ने ३६ वर्षीय रविन दाहाल र रोहित पाण्डे भन्ने २५ वर्षीय अचुतम काफ्ले पक्राउ परेका हुन् ।
उनीहरूले मेडिकलबाट औषधि खरिद गरेर बिक्री गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता मनोहर भट्टले जानकारी दिए ।
नक्कली अनलाइन पेमेन्टको बील बनाएर ग्राहकलाई उनीहरूले ठगी गर्ने गरेको उनको भनाइ छ ।
‘एउटा मेडिकलबाट औषधि खरिद गरेर अर्को मेडिकलमा ६० प्रतिशत छुटमा बिक्री गर्ने गरेका थिए,’ उनले भने ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार इन्क्लेलभ ६२५ लेखिएको औषधी ट्याबलेट ७ हजार थान र कालो रंगको सामसुङ्ग मोबाइल १ थान रहेको थियो ।