काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर निर्वाचित हुने पक्का भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ठाकुरलाई समर्थन गर्ने निर्णय गरेसँगै उनी निर्वाचित हुने पक्का भएको हो ।
उपसभामुख पदका लागि ठाकुरको समर्थकको रूपमा रास्वपाका सांसद अशोक कुमार चौधरी रहनेछन् ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सांसद सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छन् ।
लामाले राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीलाई प्रस्तावक राख्दै उम्मेदवारी दर्ता गराएकी हुन् ।
धादिङकी लामाको समर्थकका रूपमा राप्रपाकै सांसदहरू खुस्बु ओली, ताहिर अली र भरत गिरी रहेका छन् ।