सुनको मूल्य तोलामा दुई लाख ९७ हजार १०० रुपैयाँ पुग्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन प्रतितोला २०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।      

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९७५ रुपैयाँ कायम भएको छ ।  

गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी चार हजार ९६० रुपैयाँ कायम भएको थियो ।  

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १५० र त्यति नै परिमाणको चाँदी ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।     

Share News