काठमाडौं । संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले परिश्रमीलाई दुई घण्टाअघि प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रहरीले बिहीबार साँझमात्र बागमती किनार आसपास माइकिङ गरेर थापाथली, सिनामंगललगायत क्षेत्रमा रहेका सुकुम्बासी बस्ती खाली गर्न भनेको थियो ।
काठमाडौं महानगरपालिकाले यसअघि थापाथलीस्थित सुकुम्वासी बस्ती हटाउन खोज्दा परिश्रमीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका परिसरले जनाएको छ । त्यति बेला पनि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।