काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा खुद नाफा ३.७१ प्रतिशत घटेर ३ अर्ब ३२ करोड ९३ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४५ करोड ७६ लाख ३६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १.३२ प्रतिशत बढेर ६ अर्ब ८३ करोड ३४ लाख ७० हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ७४ करोड ३९ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी ३२.४९ प्रतिशत बढेर १ अर्ब ४५ करोड २६ लाख ३९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९.२२ प्रतिशत बढेर ८ अर्ब ९३ करोड १० लाख ३५ हजार रुपैयाँ र सञ्चालन नाफा ३.५३ प्रतिशत घटेर ४ अर्ब ९० करोड ३६ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको चैत मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ९ करोड ६४ लाख ५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब १७ करोड ६९ लाख ४ हजार रुपैयाँ, सञ्चालन नाफा ५ अर्ब ८ करोड ३३ लाख ५३ हजार रुपैयाँ थियो ।
चालु आवको चैतसम्ममा बैंकको वितरणयोग्य नाफा ४ अर्ब ४ करोड ८५ लाख ५९ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अबए ६७ करोड ८७ लाख ८२ हजार रुपैयाँ थियो ।
१३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ५० करोड ८८ लाख ९ हजार रुपैयाँ रहेको छ ।
चालु आवको चैत मसान्तसम्म बैंकले ३ खर्ब २ अर्ब ४३ करोड ३४ लाख ४८ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५० अर्ब ८७ करोड ९८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ४३ करोड ८४ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।
समीक्षा अवधिमा बैंकको निक्षेप १.२० प्रतिशत अर्थात् ३ खर्ब ६१ अर्ब रुपैयाँ र कर्जा लगानी १७.५३ प्रतिशत अर्थात् ३७ अर्ब ४३ करोड रुपैयाँ बढाएको छ । साथै चैत मसान्तमा बैंकको कर्जा निक्षेप अनुपात ८५.८८ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा बैंकको खराब कर्जा पनि घटेको छ । गत वर्षको चैतमा ०.६४ प्रतिशत रहेको खराब कर्जा चालु आवमा घटेर ०.६१ प्रतिशतमा झरेको छ । बैंकका अनुसार आधार दर ४.५७ प्रतिशतमा झरेको छ । जबकि गत वर्षको चैतमा ५.४५ प्रतिशत थियो ।
बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि बढेर ३२.३५ रुपैयाँमा सीमित भएको छ । गत वर्षको चैतमा बैंकको प्रतिसेयर आम्दानी ३५.६१ रुपैयाँ थियो । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २४४.२७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २१.५९ गुणा छ ।