काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडा सम्मानित भएका छन् । सोमबार राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवको अवसरमा उनी सम्मानित भएका हुन् ।
अर्थतन्त्र, राष्ट्र बैंकको मौद्रिक नीति लगायतका योगदान गरेको आधारमा उनी सम्मानित भएका हुन् ।
खतिवडा नेपाल राष्ट्र बैंकको १५औं गभर्नर हुन् । उनको कार्यकाल सन् २०१० देखि २०१५ सम्म रह्यो । उनी पूर्वअर्थमन्त्री समेत हुन् । उनले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर पनि काम गरिसकेका छन् ।
राष्ट्र बैंकको प्रत्येक वार्षिकोत्सव कार्यक्रममा पूर्व गभर्नरलाई सम्मानित गर्ने अभ्यास छ ।