करपोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा लाग्यो नकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले घटेर २७७० बिन्दुमा झरेको छ ।

नेप्सेका अनुसार ४३ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । 

मंगलबार ३४९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार पाल्पा सिमेन्टको भएको छ । पाल्पाको ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

साथै, रिलाइन्स स्पििनिङको ३४ करोड, करपोरेट डेभलपमेन्टको ३० करोड, सोलु हाइड्रोको २८ करोड र कुमारी बैंकको २२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार करपोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १४.९९ प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।  

Share News