काठमाडौंका घर-घरमा चोरी गर्दै हिड्ने रानाभाट पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा चोरी गर्दै हिड्ने व्यक्ति पक्राउ परेका छन् । सोमबार विभिन्न ठाउँका घरमा मान्छे नभएको मौका पारेर चोरी गर्दै हिड्ने ३९ वर्षीय सन्तोष रानाभाटलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

रानाभाटले गत पुस ११ गत काठमाडौं महानगरपालिका ३१ को सचेतना मार्ग, गत ८ गते कालोपुलस्थित एक घरमा र टोखा नगरपालिका-३ को जागरण टोलस्थित घरमा कोही नभएको मौका पारेर ढोका फोरेर चोरी गर्ने गरेका थिए ।

सुन तथा चाँदीको गरगहना, नगद र मोबाइलसमेत चोरीको घटनाको अनुसन्धान गर्दा अपराध कार्यालय र माली गाउँबाट खटिएको प्रहरीले नियन्त्रणा लिएको हो ।

रानाभाटविरुद्ध २०६१ साल देखि हालसम्म अभद्र व्यवहार कसुरमा २२ वटा, चोरी कसुरमा १३ वटा, हातहतियार खरखजना कसुरमा एउटा र लागुऔषध कसुरमा एउटा मुद्दा दर्ता भएको थियो ।

कार्यालयका अनुसार उनको साथबाट सुन जस्तो देखिने पहेलो रङको विभिन्न गरगहनाको तौल - १९१ ग्राम, सुन जस्तो देखिने पहेलो रङको तिलहरी र पोते सहितको तौल ६८७ ग्राम,चाँदी जस्तो देखिने विभिन्न गरगहनाको तौल ३१७ ग्राम  विभिन्न दरका विदेशी मुद्राहरु धातुका सिक्काहरु १९ थान, विभिन्न कम्पनीका घडीहरु ५ थान, मोबाइल २ थान, औजार खुकुरी थान २ र  फलामको रड १ थानसहित रहेको छ  ।

Share News