काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साढे ३७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहका केही सेयरधनीहरूले आफ्नो नाममा रहेको ३७ लाख ४८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।
कम्पनीका अनुसार विद्यमान संस्थापक सेयरधनीहरूले क्रमशः १३ लाख ५६ हजार ६०० कित्ता, १८ लाख ९९ हजार २४१ कित्ता र ४ लाख ६९ हजार ३०२ कित्ता र २३ हजार ७६० कित्ता गरी ३७ लाख ४८ हजार ९०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।
बीमकको संस्थापक सेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नं. ११ बमोजिम सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
निर्धारित अवधिभित्र संस्थापक समूहबाट आवेदन नआएमा प्रचलित कानुन बमोजिम उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।