काठमाडौं । आन्तरिक उडान सञ्चालन गर्दै आएका निजी वायुसेवा कम्पनीहरूले हवाई इन्धनको मूल्य अत्यधिक बढेसँगै सेवा सञ्चालन गर्न समस्या हुन थालेको बताएका छन् ।
वायुसेवा सञ्चालक संघले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल (गनेस) लाई पत्र लेख्दै संकटमा सहुलियत दिनुपर्ने माग गरेका हुन् ।
संघका अध्यक्ष प्रदीप जंग पाण्डेका अनुसार कोभिड–१९ पछि विस्तारै माथि उठेको पर्यटन क्षेत्र गत २३ र २४ भदौमा भएको ‘जेनजी’ आन्दोलन र त्यसपछि मध्यपूर्व मा जारी द्वन्द्वका कारण हवाई इन्धनको मूल्य अत्याधिक बढेको छ ।
एकातिर आन्तारिक तथा बाह्य पर्यटकको संख्यामा कमी अर्कोतिर अत्यधिक इन्धन मूल्यवृद्धिले व्यवसाय सञ्चालन गर्न धौधौ भएको अध्यक्ष पाण्डेले बताए ।
‘इन्धनको मूल्यवृद्धिले गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको हुँदा आवश्यक सहुलियतको व्यवस्था मिलाइदिन हामीले सम्बन्धित सरोकारवालासँग माग गरेका हौं,’ उनले भने ।
संघका अनुसार वायुसेवा कम्पनीको सञ्चालन खर्चमा अहिलको हिस्सा ५५–६० प्रतिशत पुगेको छ । र