एनएमए मतगणना अपडेट : ४११७ मत गन्दा अध्यक्षमा डा. रावल र महासचिवमा खत्रिको अग्रता

काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए) को जारी मत गणनामा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणाम अनुसार ४ हजार १ सय १७ मत गणना हुँदा अध्यक्ष तर्फ डा. मङ्गल रावल र डा. बद्री रिजालबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

जसमा रावलले १ हजार ८ सय ३६ मत ल्याउँदा उनका प्रतिस्पर्धी डा.बद्री रिजाल १ हजार ७ सय ६० मतकासाथ रावललाई पच्छ्याइरहेका छन् । यस्तै अर्का अध्यक्षका उम्मेद्धार डा. नारायणप्रसाद भुसालले ४ सय ७३ मत ल्याएका छन् । 

वरिष्ठ उपाध्यक्षमा पनि कडा प्रतिस्पर्धा देखिएको छ । जसमा डा. सञ्जीव तिवारीले १ हजार ६ सय ५ मत ल्याउँदा डा. किर्तिपाल सुबेदी १ हजार ३ सय ८३ मतसहित तिवारीलाई पच्छ्याइरहेका छन् भने डा. अजय कुमार मिश्र ९ सय ३९ मत पाएका छन् ।

महासचिव पदमा डा. कालु सिंह खत्री १ हजार ४ सय ९७ मत ल्याइ अग्रस्थानमा छन् भने डा. विश्वराज दवाडी १ हजार ४ सय ७५  मत सहित डा. खत्रि र दवाडीबिच कडा प्रतिस्पर्धा भइरहँदा डा. अमृत भुसालले ९ सय ६० मत प्राप्त गरेर दवाडीलाई पच्छ्याइरहेका छन् । अन्य पदमा पनि मतगणना जारी रहेको छ ।   

Share News