काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बचतसँगै अधिकतम वित्तीय सुरक्षाको सुविधा समेत चाहने बीमितको मागलाई ध्यानमा राख्दै एशियन जीवन मंगल (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ ।
प्रधान कार्यालयमा मंगलबार सार्वजनिक गरिएको यस बीमा योजनामा बीमा अवधि पुरा भएपछि बीमाङ्क र बोनशको सुविधासहित वार्षिक आय सुविधा, बीमाशुल्क छुट सुविधा र संस्कार खर्च सुविधा मूल बीमामै समावेश गरिएको छ ।
यी सुविधाको लागि बीमितले अतिरिक्त बीमाशुल्क भुक्तानी गर्नुपर्दैन ।
यसबाहेक बीमा अवधिभित्र दुर्घटनाको कारण बीमितलाई स्थायी अंगभंग भएमा बाँकी अवधिको बीमाशुल्क छुटसँगै जीविकोपार्जनका लागि बीमालेखको प्रत्येक वार्षिकोत्सव मितिमा बीमाङ्ककको १० प्रतिशतका दरले वार्षिक आय लाभवापतको रकम प्रदान गरिनेछ ।
साथै बीमा अवधि समाप्त भएपछि बीमितले बीमाङ्क रकम र बीमा अवधि समाप्तिसम्मको बोनस रकम बीमितले एकमुष्ठ भुक्तानी प्राप्त गर्नेछन् ।
यो बीमा योजनामा बीमितले थप बीमाशुल्क भुक्तानी गरी दुर्घटना मृत्यु लाभको सुविधासमेत यो बीमालेखमा समावेश गर्न सकिने सुविधा छ ।
ग्राहकले ५ वर्षदेखि १५ वर्षसम्मको अवधिको लागि १८ देखि ६० वर्ष उमेर सम्मको व्यक्तिले न्यूनतम ५० हजार रुपैयाँदेखि बीमाङ्क रोज्न सक्नेछन् ।