इन्द्रचोकको चाँदी पसलमा पेस्तोल देखाएर लुट्ने महर्जन पक्राउ

काठमाडौं । काठमाडौंको भेडासिंहस्थित चाँदी पसलमा लुटपाट गर्ने एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा २९ वर्षीय हरिकृष्ण महर्जन रहेका छन् ।

वैशाख १७ गते चाँदी पसलमा प्रवेश गरेर पसल सञ्चालिकालाई पेस्तोल देखाएर दुई जना लुटेराले लुट्ने प्रयास गरेका थिए ।

दुईमध्ये एक लुटेरा मंगलबार इमाडोलबाट पक्राउ परेका हुन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चाँदी लुटेर उनीहरूले लगाएको ज्याकेट तथा अन्य लुगाहरू घटनास्थलमा छाडेर भागेका थिए ।

ईन्द्रचोकस्थित वविता रौनियारले सञ्चालन गरेको नैना एण्ड इशान ज्वेलरीमा हतियारसहित प्रवेश गरी लुटपाट गर्ने प्रयास गरेका थिए । 

प्रहरीले घटनाको अनुसन्धान गर्न थालेपछि उनीहरू फरार भएका थिए।

Share News