वैदेशिक रोजगारीमा जानेले ‘श्रम स्वीकृति’ साथमा नलगे अध्यागमनले फर्काउने

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीले साथमा श्रम स्वीकृत नलगे अध्यागमन विभागले फर्काउने भएको छ । 

वैदेशिक रोजगारीमा जानेले अनुमति पत्रको आवेदन दिएको भन्दै सेवाग्राहीहरू अध्यागमन पुग्ने गरेका छन् । त्यसैले विभागले श्रम स्वीकृति नलगे फर्काउने भएको हो ।

श्रम स्वीकृति भइसकेको छ भन्दै श्रम स्वीकृतिका लागि अन्य व्यक्तिमार्फत निवेदन मात्र दिएको भन्दै अध्यागनले यस्तो कदम चालेको हो ।

श्रमिक भिसामा विदेश जाने नेपालीले वैदेशिक रोजगार विभागको श्रम स्वीकृति साथमा लिएर विमानस्थलको अध्यागमनले जानसमेत विभागले अनुरोध गरेको छ ।

श्रम स्वीकृतिको आवेदन दिएकालाई प्रस्थानको अनुमति नदिने अध्यागमन कार्यालयले जनाएको छ । 

Share News