६५ वर्षीय वृद्ध दक्षिणढोकाबाट बेपत्ता, खोजी गरिदिन परिवारको अपिल

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ निवासी ६५ वर्षीय वृद्ध उमेश सिंह विगत केही दिनदेखि सम्पर्कविहीन भएका छन् । 

वैशाख १४ गते बेलुका ४ बजे काठमाडौंको दक्षिणढोका क्षेत्रबाट उनी हराएको परिवारले जनाएको छ । 

५ फिट उचाइ भएका सिंहले हराएको दिन खैरो रङको टिसर्ट र कालो पाइन्ट लगाएका थिए ।

मानसिक अवस्था ठीक नभएका सिंह सम्पर्कविहीन भएपछि उनका छोरा सुजन सिंहले बुवाको खोजीका लागि प्रहरी वृत्त बौद्धमा लिखित निवेदन दिएका छन् । 

हालसम्म आफन्त र सम्भावित स्थानहरूमा खोजी गर्दा पनि कुनै पत्तो नलागेपछि परिवारले सहयोगका लागि सार्वजनिक अपिल गरेको हो ।

सिंहलाई कतै फेला पारे वा देखे नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न परिवारले अनुरोधसमेत गरेको छ।

Share News