ज्योति विकास बैंकले पायो ‘वेष्ट इन्टरप्राइज अवार्ड’

<p>काठमाडौं । ज्योति विकास बैंकले ‘वेष्ट इन्टरप्राइज अवार्ड’ प्राप्त गर्न सफल भएको छ । बैंकलाई उक्त अवार्ड सोक्रेटिश कमिटि, अक्सफोर्ड, बेलायतले प्रदान गरेको हो । हालै लण्डनमा सम्पन्न एउटा अन्तराष्ट्रिय समारोहमा ज्योति विकास बैंकलाई नेपालको बैंकिंग क्षेत्रको उत्कृष्ठ संस्था घोषित गरिएको थियो । साथै, सो बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरलाई मेनेजर अफ दि [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंकले ‘वेष्ट इन्टरप्राइज अवार्ड’ प्राप्त गर्न सफल भएको छ । बैंकलाई उक्त अवार्ड सोक्रेटिश कमिटि, अक्सफोर्ड, बेलायतले प्रदान गरेको हो ।

हालै लण्डनमा सम्पन्न एउटा अन्तराष्ट्रिय समारोहमा ज्योति विकास बैंकलाई नेपालको बैंकिंग क्षेत्रको उत्कृष्ठ संस्था घोषित गरिएको थियो । साथै, सो बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरलाई मेनेजर अफ दि एअर द्वारा सम्मान गरिएको छ ।

यो समारोह लण्डन स्थित इन्स्टीच्युट अफ डाइरेक्टर्स, युरोपियन बिजनेस एसेम्बलीले संयुक्त रुपमा आयोजना गरेका थिए । यस समारोहमा नेपाल लगायत ५४ देशका प्रतिनिधिहरु सहभागी थिए । तिनमा भारत, श्रीलंका, बंगलादेश, पाकिस्तान, कम्बोडिया, इन्डोनेशिया, फिलिपिन्स, अफगानिस्तान, मलेशिया, मेक्सिको, बेलायत समेत थिए ।

सहभागी संस्थाहरुमा युनाइटेड बैंक अफ इन्डिया, अजिजी बैंक अफगानिस्तान, नोम्पेन्ह वाटर सप्लाई अथरिटी कम्बोडिया, युनिभर्सिटी अफ योर्क, डिवाई पाटिल युनिभर्सिटी इन्डिया, ओपन युनिभर्सिटी अफ स्वीटजरलैण्ड समेत थिए ।

Share News