आज पनि संसदमा जवाफ दिने छैनन् प्रधानमन्त्री, अर्थमन्त्रीले दिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सांसदहरुले जिज्ञासा दिएको जिज्ञासमा बिहीबार पनि प्रधानमन्त्रीले जवाफ नदिने भएका छन् ।

बुधबार सांसदरुको जिज्ञासाहरुमा प्रधानमन्त्री शाहले जवाफ दिने कार्यसूची थियो । तर, पछि  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्ताब टेबुल गरे । त्यसपछि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरुले संसद बैठक अवरुद्द गरेपछि बैठक नै स्थगित भएको थियो । 

प्रधानमन्त्रीले बिहीबार जवाफ दिने अपेक्षा गरिएकोमा आज पनि उनले जवाफ नदिने भएका हुन् । प्रधानमन्त्रीका प्रतिनिधिका रुपमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ । 
बुधबार स्थगित भएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे राखिएको छ । अर्थमन्त्री डा. वाग्लेले आव २०८३–८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक)माथि छलफलका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने तालिका पनि छ । 

null
 

Share News